काठमाडौं उपत्यकाबाहिरका जिल्लाहरुको तुलनामा उपत्यकाभित्रका जिल्लाहरुमा निजी आवास निर्माणको गति सुस्त भएपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले त्यसको कारण पत्ता लगाउन र समाधान खोज्न अन्तरक्रिया जारी राखेको छ । मंगलबार भक्तपुरमा यस्तै एक अन्तरक्रिया कार्यक्रम आयोजना गरियो जहाँ भक्तपुर जिल्लाका विशिष्ट समस्याको निक्र्योल गरी समाधानका उपाय खोजियो । अन्तरक्रिया कार्यक्रममा आफ्नो धारणा राख्दै जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलालले सानो भूगोल तथा घना जनसंख्या रहेको भक्तपुर जिल्लाका हकमा कतिपय नीति विशिष्टिकृत गर्नुपर्ने बताउनु भयो । उहाँले भन्नु भयो, “भक्तपुरमा आवास निर्माण गर्न जग्गा दर्ता, बाटोको मापदण्ड तथा नक्सा पासका समस्या छन् । यहाँ गुठीका विशिष्ट समस्या छन्, कैयौं निजी गुठी छन् जुन कतै दर्ता छैनन् ।” उहाँले पुनर्निर्माणमा स्थानीय तहलाई अगुवाई गर्न दिनुपर्ने सुझाव दिंदै भूकम्प पीडितलाई फास्ट ट्रयाकबाट नक्सा पासको सुविधा, नक्सा निर्माण तथा पास गर्दा सहुलियत दिन स्थानीय तहलाई आग्रह पनि गर्नु भयो ।
त्यस्तै, जिल्ला समन्वय समिति भक्तपुरकी उपप्रमुख सरिता कुँवरले भूकम्पबाट प्रभावित एकल महिलालगायत जोखिममा परेका वर्गहरुको आवास निर्माण छिटो गरिदिन प्राधिकरणलाई आग्रह गर्नु भयो । भक्तपुर नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष हरिराम सुवालले निजी आवास निर्माणका क्रममा आफ्नो वडा र अन्य वडामा देखिएका व्यवहारिक समस्याहरु प्रस्तुत गर्नु भयो । उहाँले कतिपय अवस्थामा परिवारका सदस्यहरुबीच अंशसम्बन्धी विवादका कारण सम्झौता हुन नसकेको, सम्झौता भएर पहिलो किस्ता लिएको भए पनि घर निर्माण सुरु हुन नसकेको, सीमा तथा किल्ला विवाद रहेको, नक्सा पासका लागि सर्जमिन हुन नसकेको, पहिल्यै बनेका घरको नक्सा पासमा समस्या रहेको बताउनु भयो ।
त्यस्तै, उहाँले कतिपय ठाउँमा एउटै कित्तामा दुईवटा घर बनेको, कतिपय लाभग्राहीले अनुदान रकम कम भयो भनी सम्झौता गर्न उदासिन रहेको जस्ता समस्या रहेको पनि उल्लेख गर्नु भयो । त्यसैगरी, गैरसरकारी संस्था महासंघका भक्तपुर अध्यक्ष सोम शर्मा बजगाईंले जग्गाको स्वामित्वको गाँठो नफुकाइकन समयसीमा तोकिएका कारण लाभग्राहीहरु दबाबमा परेको बताउनु भयो । उहाँले लाभग्राहीले घर बनाउँदा प्राधिकरणबाट खटिएका र नगरपालिकाका इञ्जिनियरबाट पास गराउनु पर्ने दोहोरो झन्झटमा परेको जानकारी पनि दिनु भयो । नेपाल पत्रकार महासंघका भक्तपुर अध्यक्ष पुष्कर बुढाथोकीले भक्तपुरका सम्पदा निर्माणमा समन्वयको अभाव भएको उल्लेख गर्दै कला संग्राहलय निर्माणको काम कुन शैलीमा निर्माण गर्ने र नगरपालिका वा कला संग्रहालय कसले बनाउने भन्ने विवादमा अल्झिएको बताउनु भयो । छलफलमा उठेका प्रश्नहरुको जवाफ दिंदै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भूसालले निजी आवास निर्माणमा भूकम्प प्रभावितलाई स्थानीय तहले सहुलियत दिन आग्रह गर्नु भयो । उहाँले भन्नुभयो, “नक्सा निर्माण गरिदिन, नक्सा पास गर्न, बाटोका मापदण्डहरुमा खुकुलो गरिदिन, निर्माण सामग्रीको व्यवस्था गर्न स्थानीय तहलाई अधिकार छ । उहाँहरुले त्यो सहुलियत दिनु प¥यो ।” प्राविधिक कर्मचारी स्थानीय तहकै मातहत रहनेगरी खटाइएको उल्लेख गर्दै उनीहरुबाट अधिकतम काम लिने, हाजिरीलगायतका अनुगमनका काम गर्ने अधिकार पनि स्थानीय तहमै रहेको पनि उहाँले बताउनु भयो । त्यस्तै, उहाँले शहरी क्षेत्रमा उपयुक्त हुने बहुस्वामित्वका बहुतले सामूहिक आवासको माग गर्न स्थानीय तहलाई आग्रह गर्नु भयो ।
अन्तरक्रिया कार्यक्रममा प्राधिकरण कार्यकारी समितिका सदस्यद्धय डा।चन्द्रबहादुर श्रेष्ठ र धु्रवप्रसाद शर्माले अन्तरक्रियामा उठेका अन्य विषयबारे प्रष्ट पार्नु भयो । प्राधिकरणका सहसचिव मुकुन्द निरौलाले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा प्राधिकरणका प्रवक्ता कृष्णप्रसाद दवाडीले समग्र पुनर्निर्माणको स्थिति र सहप्रवक्ता मनोहर घिमिरले भक्तपुर जिल्लाको स्थितिबारे प्रस्तुति दिनु भएको थियो । त्यस्तै, अनुदान व्यवस्थापन सम्बन्धी उठेका प्रश्नको केन्द्रीय आयोजना कार्यान्वयन इकाई ९अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार० का आयोजना निर्देशक गणेश वस्ती, प्राविधिक एवम् भवनसम्बन्धी प्रश्नको केन्द्रीय आयोजना कार्यान्वयन इकाई ९भवन० का आयोजना निर्देशक तपेन्द्र बहादुर खड्काले जवाफ दिनु भएको थियो ।

Attachments#
No files
SOCIAL MEDIA